सुन भाउ फेरि घट्यो

काठमाडौं : बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउतोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ थियो ।