Logo

राष्ट्रिय स्क्वास हुने



काठमाडौँ, साउन १८ गते  । नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको बताइएको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो ।

स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो । यस प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा प्रायोजक संस्थाबाट दुई लाख रुपियाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

पाँच विधा समावेश प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, ब्वाइज यु–१९, मास्टर खुल्ला पुरुष (५० तथा सो वर्षभन्दा माथि) र प्लेट च्याम्पियन्सिपमा प्रतिस्पर्धा हुनेछ । खेलहरु सातदोबाटोस्थित स्क्वास एकेडेमीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता