Logo

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । आज ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएकोमा ५००८ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यो सँगै कोरोनामुक्त भइ घर फर्किनेको सङ्ख्या ७४ हजार २५२ पुगेको छ । हाल देशभर ३० हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ६८६ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता