कोरोना अपडेट

काठमाडौं उपत्यकामा थपिए १४ सय नौजना संक्रमित

काठमाडौं उपत्यकामा शुक्रबार थप १४ सय नौजनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय १६ जना, ललितपुरमा एक सय ६३ जना र भक्तपुरमा एक सय ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार दुई हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ सय ८० जना निको भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *