Logo

कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय नाघ्यो, पछिल्लो २४ घण्टामा ४३९१ नयाँ संक्रमित



काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट भएको १६ हजार ५३१ नमुनाको परीक्षण गर्दा ४ हजार ३९२ जना नयाँ संक्रमित पहिचान भएको स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा सक्रिय संक्रमित ३७ हजार ३८२ पुगेका छन् भने कुल संक्रमित संख्या १ लाख २६ हजार १३७ पुगेको छ। त्यस्तै ८८ हजार ४० जना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

शुक्रवार पुष्टि भएका संक्रमित मध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाका छन्। काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित पहिचान भएका छन्।

जसमध्ये काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ रहेका छन्।

आज २१ जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ७ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता