Logo

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण, २१ जनाले गुमाए ज्यान



नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या भने ७ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता