Logo

माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बहु’ला कुकुरले टो’के को छ र ? लाजशरम पचेको मान्छे



काठमाडौँ । आइतवार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा माधव कुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव नेता पृथ्वीसुब्बा गुरुगंले ल्याए । आइतवार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले केही प्रतिकृया दिएनन् । उता वरिष्ठ नेता माधव कुमार नेपालले भने आफुलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताए । बानेश्वरमा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले यस्तो बताएका थिए

तर सोमवार भने प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।

बालुवाटारमा सोमवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको पुच्छार भएको टिप्पणी गर्दै आफूले प्रधानमन्त्रीको प्रस्ताव राखेको भनेर झुटको खेती गरेको बताए । प्रधानमन्त्री ओलीले नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको बताए ।

ओलीले भने, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई ब’हुला कुकुरले टो के को छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न रु’

प्रधानमन्त्री ओलीले नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए । ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता