Logo

फिल्म “म” ले दर्शकलाई ट्रेलर शैली पनी फरक



काठमाण्डौं,साउन ८ ।  आम दर्शक सम्म फिल्मको प्रचार प्रसार गर्ने फरक शैली अपनाईरहेको फिल्म “म” ले दर्शकलाई ट्रेलर देखाउने शैली पनी फरक अपनाएको छ ।काठमाण्डौका मुख्य मुख्य चोकमा जाममा परेका आम जनमानसलाई टार्गेट गरेर व्यवसायिक प्रयोजनको लागी राखीएको सबै ठुलो डिजीटल स्क्रिनहरुमा अहिले फिल्म “म” को ट्रेलर बजीरहेको छ ।
यो भन्दा अगाडी फाट्ट फुट्ट फिल्मको पोस्टरहरु डिस्प्ले भएको पाईए पनी सबै तिर एकै चोटी फिल्मको प्रोमोस्नल ट्रेलर बजेको यो भन्दा अगाडी कुनै फिल्मको देखीएको थिएन । चल्दै आएका अन्य सबै फिल्महरुले चलचित्र हलमा, युट्युवमा र टेलीभीजनमा मात्रै फिल्मको ट्रेलर बजाउदै आईरहेको पाईन्थ्यो । “म” ले सुरुवात गरेको यो शैलीलाई पक्कै पनी नयाँ तथा फरक थालनी भन्न सकीन्छ ।
फिल्मको ट्रेलर अहीले कलंकी, कालीमाटी, माईतीघर, कमलादी, दरबारमार्ग, गौशला, चाबाहील, नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी, सुर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका ठुला स्क्रिनहरुमा बजीरहेको छ ।
काठमाण्डौका मुख्य चोकहरुमा दैनीक लाखौँ यात्रुहरु जाममा पर्नुपर्ने बाध्यता कायमै छ । हल सम्म नजाने र युट्युवमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनी फिल्मको बारेमा थाहा पाउने यो फोर्सफुल मार्केटीङ्ग प्रभावकारी चाहीँ पक्कै हुन्छ तर ति आम यात्रु तथा जनता हल सम्म फिल्म हेर्न आउछन भन्न चाहीँ यसै सकीन्दैन । यदी यो मार्केटीङ्ग शैली प्रभावकारी सँगै फिल्मको लागी फलदायि भयो भने आउने दिनका अन्य फिल्मले पनी यो ट्रेण्ड फलो गर्नेछन ।
अहीले सम्म प्रचार प्रसारमा सुनसान देखीएको फिल्म ‘म’ रिलीज हुन जम्मा १५ दिन बाँकी रहँदा मार्केटीङ्गमा आक्रमक देखीएको छ । श्रावण ५ गते फिल्मको सस्पेन्स ट्रेलर सार्वजनिक गरेर प्रचार प्रसार सुरु गरेको ‘म’ ले हिजै देखी काठमाण्डौको चोक चोक मा पनि प्रत्यक्ष रुपमा पुगेर आम सर्व साधारणलाई फिल्मको बारेमा जानकारी दिदैछ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ को निर्देशक सुवर्ण थापा हुन् भने यसका क्रीयटीभ निर्माता प्रकाश पुरी हुन् । निशा अधिकारी, सबीन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरीता लामीछाने सँगै नयाँ अनुहारहरु संजोग रसाईली र पुनम श्रेष्ठको अभिनय रहेको फिल्म ‘म’ यही श्रावण २० गतेबाट देश भर प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता