रहेनन् ताप्लेजुङका भाइरल झाँक्री, दशैंको टिकाकै दिन यसरी छोडे सन्सार

ताप्लेजुङका भाइरल झाँक्रीले यो सन्सार छोडेका छन् । दशैंको टिकाकै दिन उनको देहवासन भएको हो । फुङलिङ–९ हाङदेवाका २५ वर्षीय कृष्णबहादुर घतानीको स र्पको टो का ईबाट मृत्यु भएको हो । उनी भाइरल झाँक्री नामले परिचित थिए । उनलाई दशैंको टिकाको राति घरमै स र्पले टो के को थियो। छिमेकी सञ्चपाल मादेनका अनुसार स र्प खु ट्टामा बे’रिएपछि हातले समाएर फाल्न खोज्दा देब्रे हातको हत्केलामा टो’के को थियो ।
जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दि ए। सर्पले ड स्ना साथ घतानीलाई झाँक्रीकोमा लगिएको थियो। त्यहाँ झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको छिमेकी संचपाल मादेनले बताए ।
‘धामीको भर पर्दा अस्पताल लैजान ढिला भयो’ उनले भने, ‘दसैंको टीकाको दिन भएकाले एम्बुलेन्स पनि समयमा पाइएन ।’ घतानी आफैं पनि घरमा थान स्थापना गरेर झारफुक गर्थे ।