Logo

प्रदेश २ बाहेक सबै ठाउँमा वर्षा, मौसमविद्ले दिए यस्तो चेतावनी



 

काठमाडौं । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जलासय बढ्न सक्ने र बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आन्शिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक९दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता