अष्ट्रेलियाले आगामी नोभेम्बरदेखि सिमाना खोल्ने

बीबीसी । अष्ट्रेलियाले आगामी नोभेम्बर महिनादेखि आफ्नो सिमाना खुलाउने जनाएको छ । सुरुमा खोप लगाएका अष्ट्रेलियन नागरिक र तिनका आफन्तहरुलाई देश भित्र बाहिर यात्रा गर्न दिइनेछ ।
२०२० मार्चदेखि अष्ट्रेलियामा कडा कोभिड नियमका कारण केही नागरिक र थोरै मानिसहरु मात्र यात्रा गर्न पाएका थिए । प्रवेश गर्न मात्र नभएर अष्ट्रेलियाबाट बाहिर निस्कन पनि एकदम विशेष कारण देखाउन आवश्यक रहेको थियो ।
यही नीतिले त्यहाँ कोभिड नियन्त्रणमा मद्दत पुर्याएको भनेर विश्वव्यापी प्रशंसा गरिएको छ तर अर्कोतर्फ यसले धेरै परिवारलाई छुट्याएको हुँदा विवादित पनि मानिएको छ ।
त्यस्तै ८० प्रतिशतभन्दा बढी नागरिकहरुले खोप लगाइसकेको स्टेटहरुमा भने यात्रा सम्बन्धी नयाँ स्वतन्त्रता जारी गरिनेछ । शुक्रबार प्रधानमन्त्री स्कट मरिसनले भनेका हुन्, “अष्ट्रेलियनलाई उनीहरुको जीवन फिर्ता दिने समय आइसकेको छ ।”
सिमाना खुलाए पनि विदेशीहरुका लागि तत्काल अष्ट्रेलिया यात्रा गर्न सजिलो हुनेछैन । तर, सरकारले यस सम्बन्धी काम गरिरहेको र बिस्तारै पर्यटकहरुलाई पनि स्वागत गरिने बताएको छ । यसैगरी प्रधानमन्त्री मरिसनले क्वारिन्टिन सम्बन्धी नियममा फेरबदल भएको पनि जानकारी दिएका छन् ।
यसअघि अष्ट्रेलिया प्रवेश गर्न पाएकाहरुले अनिवार्य रुपमा १४ दिन होटल क्वारिन्टिन बस्नु पर्ने हुन्थ्यो जसको खर्चप्रति व्यक्ति तीन हजार अष्ट्रेलियन डलर पर्दथ्यो ।
तर, अब यसको सट्टा खोप लगाएका यात्रुलाई सात दिन घरैमा क्वारेन्टिन बस्न पाउने नियम लागु गरिनेछ । खोप नलगाउनेहरुलाइ अझै पनि १४ दिन नै आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।
यो खबरसँगै अब अष्ट्रेलियाका लागि उडानको माग उच्च हुने अपेक्षा गरिएको छ । र विभिन्न एयरलाइन्सहरुले सेवा सुचारु गर्नु अगाडि ढिलाइ हुन सक्ने चेतावनी दिइसकेका छन् । पछिल्ला केही महिना यसैका कारणले खोप लगाउनेको लर्को पनि बढेको पाइएको छ ।
अबको केही हप्तामै न्यु साउथ वेल्स जसमा सिड्नी पनि पर्दछ, यसले ८० प्रतिशत खोपको लक्ष्य पूरा गर्नेछ । तर, उता शून्य कोभिड संक्रमण भएका स्टेटहरु ः क्वीन्सल्यान्ड र वेस्टर्न अष्ट्रेलियाले भने खोप लगाउनेको दर अझै धेरै पुगेपछि मात्र सिमाना खुलाउने बताइरहेका छन् ।
यसरी ११ अक्टोबरमा अष्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल हेको सिड्नी १३ हप्ताको लडकाउनबाट पहिलोपटक खुला हुँदैछ ।