Logo

एउटा यस्तो भिडियो जसले तान्यो विश्वको ध्यान, जब यी बालकले स्किइङ गरेको भिडियो सोसल मिडियामा भाइरल बन्यो, हेर्नुहोस



 

एजेन्सी । एउटा यस्तो भिडियो सोसल मिडियामा भाईरल भैरहेको छ । ६ महिनाका बालकले वाटर स्किइङमा गरेर विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका हुन् ।

बालकले स्किइङ गरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यसमा देखिए अनुसार ती बालकले बोटबाट कनेक्टिड आइरन रडलाई बेस्सरी समातिरहेका छन् । यस्तै अर्कोतर्फ उनका पिता अर्को डुङ्गामा सवार छन् र उनले बच्चालाई हेरिरहेका छन् । ती बालकले लाइफ ज्याकेट पनि लगाइरहेका छन् ।

सुरक्षाका सबै उपाय अपनाएपछि बच्चालाई पानीमा उतारिएको हो । यो भिडियोलाई इन्स्टाग्राममा १३ सेप्टेम्बरमा सेयर गरिएको थियो । भिडियोमा हालसम्म लाखौं भ्युज र कमेन्ट आइसकेका छन् । यो भिडियोलाई ट्वीटरमा पनि सेयर गरिएको छ ।

सोसल मिडियामा मानिसहरुले विभिन्न प्रकारका कमेन्ट दिइरहेका छन् । केहीले वाटर स्किइङ गर्नका लागि बालकको उमेर निकै कम भएको बताएका छन् भने कतिले उनका पिताले पूरा सुरक्षाका साथ बच्चालाई पानीमा राखेको भन्दै तारिफ पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता