Logo

जहाजभित्र कोलाहल मच्चियो, एयर होस्टेजको आँखामा पनि थियो आँशु (भिडियो हेर्नुस्)



 

काठमाडौ । सोमबार काठमाडौंबाट विराटनगर जान बुद्ध एयरको विमान चढ्दा यात्रुले उनीहरुको जिवनमा के हुनसक्छ भन्ने कल्पना पनि गरेका थिएनन् । जब जहाज विराटनगर पुग्यो अवतरण गर्ने क्रममा ल्याण्डिग गियरले काम नगरेपछि अवतरण हुन सकेन । विमान चालकले विराटनगरकै आकासमा धेरै पटक फन्को लगायो ।

तर पनि चक्का खुलेन । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । काठमाडौ आइसकेपछि पनि सोचेजस्तो सजिलै अवतरण हुन सकेन । विमानभित्र रहेका यात्रुहरु निकै डराएका थिए । कोही कराउन लागे भने कोही रुन लागे । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना पाइलटले बनाएको थाहा पाएपछि झन यात्रुहरु डराए ।

तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर खुलेपछि त्यस्तो गर्नु परेन । विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौ फर्कदा सम्म खासै केही प्रतिकृया नदिएका यात्रुहरु जब काठमाडौ विमानस्थलमा पनि सजिलै अवतरण गर्न नसकेर फन्को लगाउन थाल्यो अनि यात्रुको होस उड्यो ।

जहाजभित्र रुवाबासी चल्न थाल्यो । माथिवाट हेर्दा विमानस्थलमा पनि सुरक्षाकर्मीहरु तयारी अवस्थामा देखेपछि झन के हुन लाग्यो भनेर डराए । कतिपयले त हामी यहिँवाट हा’म फा ल्छौं भनेर आग्रह पनि गरे । विमान परिचारिकाहरुले यात्रुलाई सान्त्वना दिइरहे । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी दिए ।

अर्का यात्रु अनमोल प्रधानल लगायतले विमानभित्रको अवस्था बताउन सक्ने अवस्थामा नभएको उल्लेख गरे । साना बालबालिका र उनीहरुका आमा डराएर रुन लागेपछि अवस्था झन विग्रन थालेको उनको अनुभव थियो । एयर होस्टेसको आँखामा पनि आँसु देखेपछि सबैले आस मा रे का थिए ।

अर्का यात्रु अनमोल प्रधानले भने, जहाजभित्र रुवाबासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवाबासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मारिसकेका थियौं । आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं ।
https://youtu.be/cwYZJAJNerw

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता