Logo

ट्रकभित्र गाडी पस्दा ६ जनाको घटनास्थलमै मृत्यू, ४ जनाको अबस्था गम्भिर



 

एजेन्सीः गाडी अनियन्त्रीत भएर ट्रकलाई ठ’क्क’र दि’एपछि एक गाडीमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ । छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी सोही ठाउँमै ६ जनाको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । सोही गाडीमा सवार १० जनामध्ये ६ जनाको मृत्यू भएको तथा अन्य ४ जना गम्भिर घाईते भएका छन् । उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ ।

जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट ९आरईईटी० को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता