Logo

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा ख स्यो, तीन जना बेपत्ता



 

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनामा कारचालकसहित तीन जना बेपत्ता भएका छन्। कार चालक पोखरा महानगरपालिका–१७ का करिब ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका करिव ५५ वर्षीय लेखराम भुजेल र उनकी पत्नी ३६ वर्षीया तथा ईश्वरी भुजेल कारसँगै बेपत्ता भएका जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

घटना गएराति करिब १२ बजेतिर भएको अनुमान प्रहरीले गरेको छ। प्रहरीले भने बिहान २ बजेतिर मात्र घटनाको विषयमा जानकारी प्राप्त भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहनुभएको छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज०मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइउको छ । कारसहित उहाँहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता