Logo

आमालाई बचाउन गएका २० वर्षका आश्वनी कुमारको आमाकै अगाडी मृत्यु



काठमाडौ । सिरहाको कर्जन्हा नगरपालिकामा एक महिला चापाकलमा नुहाउन लागेकी थिइन् । तराईमा चापाकलमा मोटर जोडेर पानी तान्ने चलन हुन्छ । सोही चापाकलमा लगाएको मोटरवाट लिक भएको करेन्ट महिलालाई लाग्यो । महिलाका छोरा २० वर्षका अश्वनीकुमार झा आइपुगे ।

उनले आमालाई बचाउने क्रममा आफै ज्यान गुमाए । कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा को करेन्ट लागेर निधन भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन्उ, प्रहरीले जानकारी दिँदै भने ।

आश्वीनी कुमारको आमाको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता