रुपा सुनार घटनामा ३ महिना पछि अदालतको यस्तो फैसला, अहिले सम्मकै धेरै रकम धरौटी मागियो

काठमाडौँ । काठमाडौंकी घरबेटी सरस्वती प्रधानलाई काठमाडौं जिल्ला अदालतले धरौटी मागेको छ । छुवाछुतको घटनामा अहिले सम्मकै धेरै रकम अदालतले धरौटी माग गरेको हो । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय विभेद गरेको मु द्दामा घरबेटी प्रधानलाई अदालतले एक लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको अधिवक्ता मोहन शाशंकरले जानकारी दिए ।उनका अनुसार यो धरौटी रकम छुवाछूत मुद्दामा अहिलेसम्मकै धेरै रकम हो ।
तनहुँकी रुपा काठमाडौंको बबरमहलकी प्रधानको घरमा १ असारमा कोठा खोज्न गएकी थिइन् । त्यसक्रममा आफू कामीको छोरी भएको थाह पाएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेको भन्दै रुपमा कानुनको सहारा लिन पुगेकी थिइन् । जातिय छुवाछुतका कारण कोठा दिन इन्कार गरेको रुपाको तर्क थियो ।
रुपाको जाहेरीमा काठमाडौं सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मु द्दा दायर गरेको थियो । ३ असारमा रुपाले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । ६ असारमा पक्राउ परेकी घरबेटीलाई ९ असारमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी कार्यालयमै पुगेर घरबेटी प्रधानलाई रिहा गराएका थिए ।
झण्डावाल गाडीमा चढाएर घर पुर्याएको भन्दै तत्कालिन मन्त्रीको निकै आलोचना भएको थियो । सामाजिक सञ्जालमा समेत यो विषयमा निकै वहस भएको थियो ।