मेयरले ‘केही नगर्नु’ भनेपनि मु क्का हान्ने युवकलाई कसको निर्देशनमा प्रहरीले राख्यो थु नामा ?

काठमाडौ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मु क्का हान्ने युवकलाई नेकपा एमालेले कुनै कारवाही नगर्न र पक्राउ नगर्ने निर्णय गर्यो । ति युवक एमालेकै युवासंगठनका स्थानिय नेता पनि हुन् । मेयर सुवेदीले पनि केही नगर्नु भने । तर प्रहरीले भने गणेश पंगेनीलाई थु नामा राखेको छ । उनी माथि थप कारवाहीको प्रकृया पनि अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले थप कारवाहीका लागि प्रकृया अघि बढाएको जानकारी दिए। नगर प्रमुख सुवेदीले कुनै पनि उजुरी नदिएको र मु द्दा दर्ता नगरे पनि जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार नै अनुसन्धान अगाडि बढाइएको डीएसपी कुँवरले बताए । सोमवार विहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पङ्गेनीले एक्कासी आ क्र म ण गरेका थिए।
घटनाको भिडियो नै सार्वजनिक भएपछि प्रहरीलाई दवाव परेको थियो । तर मेयर र एमालेले नै कुनै कारवाही नगर्ने भनेको थियो । सुवेदीले केही नगर्नु भनेपनि घटनाको चौतर्फी आलोचना र दबाबपछि प्रहरीले सोही दिन साँझ उनलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि मंगलवार ५ दिनको म्याद थप गरिएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख कुँवरले जानकारी दिए। पहिरोको अवस्था अनुगमन गर्न गएका मेयर सुवेदी माथि घटना भएको थियो ।