सोमवार दिउसो देखि यि स्थानमा भारी वर्षा, काठमाडौको मौसम कस्तो छ ?

काठमाडौ । अहिले देशका केही पहाडी भूभागमा सामान्य वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा तराई भू–भागमा आंशिक बदली रहेको विभागले जनाएको छ
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।विभागका अनुसार काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा आज राति पनि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। केही पहाडी भूभागमा वर्षासँगै भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागको भनाइ छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ।