Logo

अचानक कहाँ हराइन् रामकुमारी झाँक्री  ?  मीनभवनमा खोजी



 

सुदीप पौडेल, काठमाडौं । मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै नेकपा (एकीकृत समाजवादी ) पार्टीले आफ्नो पार्टी कार्यालय स्थापना गर्यो । त्यहाँको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए हामी यहाँ छौं ।

भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे । केहीले खल्लो महसुस गरे । नेताको लहरमा अभाव झल्किय, सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको । पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा खोज्नु स्वाभाविक थियो । तर कार्यकर्ताको इच्छाअनुसार उनी कार्यक्रम अवधिभर कार्यालय परिसरमा देखिइनन् ।

त्यसो भए किन उपस्थित भइनन् रामकुमारी झाँक्री  :
पार्टी दर्ता भएको २४औँ दिनमा पार्टी कार्यालय उद्घाटनमा उनलाई नदेखेपछि कार्यकर्ताबीच कानेखुसी चल्यो झाँक्री दिदी किन आइनन् रु एमालेबाट अलग भएर नेकपा (एस)n गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडलजस्तै भइन् । गत ९ भदौमा नेकपा (एस) दर्ताका लागि सनाखत गर्न जाँदा तत्कालीन प्रस्तावित अध्यक्ष माधवकुमार नेपालको हात तानेर निर्वाचन कार्यालयमा प्रवेश गराएकी झाँक्रीले राजनीतिक वृत्तलाई निकै तताइन् ।

उनको सो कार्यको पक्ष र विपक्षमा दुवैथरी विचार सार्वजनिक भए । एकथरीले आफ्नो विचार र सिद्धान्तमा झाँक्री अडिग रहेको भन्दै तारिफ गरे भने अर्कोथरीले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै आलोचना गरे । जे होस्, निर्वाचन कार्यालयमा माधव नेपालको हात तानेर कार्यकक्षमा प्रवेश गराउन खोज्ने झाँक्री शुक्रबार पार्टी कार्यालय उद्घाटनमै अनुपस्थित रहिन् ।

कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो उनी काठमाडौं बाहिर रहिछन् ।
नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तर, झाँक्री भने सल्यानबाट रूपन्देही पुगेकी छन् । झाँक्रीले न्युज कारखानासँग आफू पार्टी कामका लागि रूपन्देही रहेको बताइन् । ‘म पार्टी कामका लागि अहिले रूपन्देही भएका कारण पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनँ’, झाँक्रीले भनिन् । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता