Logo

यि स्थानमा हुनेछ भारी वर्षा, मौसमविद्ले दिए यस्तो चेतावनी



काठमाडौ । केही दिन यता फेरी मनसुन सक्रिय भएको छ । जसका कारण मुलुकका केही स्थानमा वर्षा जारी छ । बीहीबार नेपालको मौसममा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

जसका कारण बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी तथा सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । वाढी पहिरोको जाखिम हुने भएकाले सतर्क रहन मौसमविद्ले चेतावनी दिएका छन् ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो जस्तै राति पनि सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता