Logo

मोही खानु का फाईदा स्वास्थ्यका साथै सौन्दय बढाउने हेर्नुहोस् यी ८ टिप्स



काठमाण्डौं,चैत ९ ।  मोहि भन्नेबितिकै हामी सबैलाई थाहा भएकै कुरा हो । सायद हामीसबैले मोहि खाएका पनि हौँला । मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ ।

स्वादको हिसाबले मात्र नभई मोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन् ।

आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन ।’ दहिबाट नौनि निकाले पछि मोही बन्ने गर्दछ ।अधिकांशले मोहि र लस्सीको सेवन निकै रुचाउने गर्दछन् ।

स्वादमा यो ज्यादै स्वादिलो लाग्छ र शरीरमा शीतलता पनि प्रदान गर्छ । नूनिलो वा मिठो लस्सीको रूपमा यसको सेवन पाचनको लागि फाइदाजनक हुन्छ ।

मोहि खानु फाइदा –

१-मोटोपना अधिक हुँदा मोहिमा नून मिलाएर पिउनु फाइदाजनक हुन्छ । उच्च रक्तचाप हुँदा गिलोयको चूर्ण मोहिको साथ सेवन गर्नुपर्दछ । त्यसैगरि बिहान-साँझ मोहिको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ ।

२-मोहिको सेवन भुटेको जिराको साथ गर्ने गरिन्छ, जसले पाचन प्रणालीमा मद्दत गर्छ र पेटको गर्मी र अन्य समस्याहरूबाट पनि जोगाई राख्छ ।

३-सौन्दर्य समस्याको लागि मोहि निकै फाइदाजनक चीज हो । मोहिमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा त्वचाको चाउरीपना कम हुन्छ । यसको साथै गुलाबको जरालाई मोहिमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ ।

४-पटक-पटक बाडुल्की लाग्ने समस्या रहेमा मोहिमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ । उल्टी वा उल्टी आउने जस्तो मन भएमा मोहिमा जायफल पिसेर यसको मिश्रण पिउँदा लाभ मिल्छ ।

५-शरीरको कुनै पनि भागमा पोल्लेको छ भने तुरुन्त मोहि लगाउँदा आराम मिल्छ । चिलाउने समस्या हुँदा अमलतास (cassia Fistula)को पातलाई मोहिमा पिस्नुहोस् र शरीरमा मल्नुहोस् । केही समस्या पश्चात् स्नान गर्नुहोस् । शरीर चिलाउने समस्या कम हुँदै जान्छ ।

६-यदि तपाई अत्यधिक तनावबाट गुज्रिनु भएको छ भने नियमित मोहिको सेवन लाभदायक हुन्छ । शरीरको साथ-साथै दिमागको गर्मीलाई कम गर्नका लागि पनि मोहिको सेवन उपयोगी हुन्छ ।

७-कपाल झर्ने समस्यामा पनि मोहि उपयोगी हुन्छ । यसको लागि बासी मोहिले सप्ताहमा दुई दिन कपाल धुनु लाभदायक हुन्छ ।

८-कुर्कुच्चा फाट्ने समस्या हुँदा मोहि तयार गर्दा निस्कने ताजा नौनी लगाउनुहोस् । यसो गर्दा फाटेको कुर्कुच्चा चाँडो ठिक हुन्छ । (पत्रपत्रिका)

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता