मास्क विनै ट्रम्प चुनावी कार्यक्रममा, स्वस्थ भइसकेको भन्दै जोडतोडले भाषण
फ्लोरिडा । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् ।
कोरनोभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहेका थिए। सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका थिएनन् ।
त्यसपछि सोमबार पहिलो पटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा उनी मास्क विना सहभागी भएका थिए भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।
उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफु स्वस्थ भइसकेको र आफुलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दावी गरेका थिए।
उनले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाएका थिए ।
उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उन संक्रमणमुक्त भइसक्नुभएको उनका निजी चिकित्सकहरुले बताएका थिए ।