आकाशमै दुई विमान ठोक्किए

एजेन्सी, २५ असोज । फ्रान्सको आकाशमा दुईवटा विमान ठोक्किएको छ । एउटा सानो र अर्को ठुलो आकारका विमान ठोक्किंदा पाँचजनाको मृत्यु भएको छ ।
शनिबार भएको घटनामा विमानमा सवार सबैको मत्यु भएको छ । आगलागी भएपछि विमान खसेपनि जमिनमा कोही पनि घाइते भएनन् ।
सानो विमानमा दुई र ठुलो विमानमा तीनजना सवार थिए । प्रत्यक्षदर्शीका अनुसार विमान ठुलो आवाजका साथ खसेका थिए ।