Logo

फिनल्याण्डमा १६ बर्षे किशोरी एक दिनका लागि प्रधानमन्त्री बनिन्!



एजेन्सी । फिनल्याण्डमा एक १६ बर्षे किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छन्।

जलवायु परिवर्तन र मानव अधिकार सम्बन्धी मुद्दाहरूबारे अभियान चलाईरहेकी १६ बर्षीया आभा मुर्टोलाई त्यहाकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि प्रधानमन्त्री बनाएकी हुन।

प्रधानमन्त्री सन्ना मरिनले बालिकाहरूको अधिकारलाई प्रोत्साहन गर्न एक दिनका लागि ती किशोरीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएको बताइएको छ।

 

लैंगिक भेदभाव अन्त्य गर्नका लागि गरेको लडाईको एक हिस्साको रूपमा पनि यसलाई लिइएको समाचारमा जनाइएको छ।

बुधबार प्रधानमन्त्री मरिनले आभालाई एक दिनको लागि आफ्नो पदमा बस्न अनुमति दिएकी थिइन्।

पद सम्हालेपछि आभाले राजनीतिज्ञहरूसँग भेटघाट गर्नुका साथै महिला अधिकारबारे छलफल गरेकी थिइन्।

दक्षिणी फिनल्यान्डको भास्कीकी आभाले प्रधानमन्त्री भएपछि न्यायलयका कुलपतिसँग पनि बैठक गरेकी छिन्।

 

फिनल्यान्डको संस्था प्लान इन्टरनेशनलको पहलमा ‘गर्ल्स टेकओभर’ अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो।

उक्त संस्थाले विश्वभरका किशोर-किशोरीहरूलाई एक दिनका नेतृत्वमा जान प्रोत्साहन गर्दै आएको छ।

फिनल्याण्डमा बालबालिकालाई प्रोत्साहन गर्न एक दिनका लागि आफ्नो पद छाडेपछि प्रधानमन्त्री मरिनको पनि चर्चा भइरहेको छ।

 

फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत रहेकी मरिन विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा परिचित छन्। हाल उनी ३४ बर्षकी भइन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता