Logo

सिंगापुर एयरलाइन्सद्वारा पार्क गरेको विमानमा रेस्टुरेन्ट संचालन !



सिंगापुर । सिंगापुरले खानाको शौखिनहरुको लागि राम्रो अवसर लिएर आएको छ । सिंगापुरको मुख्य विमानस्थलमा पार्क गरिराखेको स्टेसनरी ए३८० एयरबसमा बसेर लन्च गर्ने व्यवस्था रेहेको छ ।

मुल्य निकै चर्को (तीन सय ८० पाउन्ड) भएपनि त्यहाँको पहिलो सिटिङ्ग डेट आधा घण्टामा नै बिक्रि भयो । उक्त एयरलाइनले थप दुईवटा डेट राख्यो जसमा मानिसहरुले आफ्नो लन्च तथा डिनरको लागि आफ्नो पालो पर्खिरहेका छन् ।

सिंगापुर एयरलाइन्सले कोरोना महामारीको कारण भएको घाटालाई रिकभर गर्न व्यापारको नयाँ नीति अपनाएको छ । एयरलाइन्सले हालै आफ्नो दुईवटा एयरबस ए३८० एयरक्राफ्टलाई तीन(घण्टाको सेसनमा प्रयोग गर्ने भएको छ ।

दुवै एयरबसमा सामाजिक दुरीको नियम पालना गर्नको लागि आधा खाली हुनेछ । एयरलाइन्सले आफ्नो ग्राहकहरुलाई क्याबिन क्लास ९३९ डलर देखि माथि इकोनोमी सिट ० र खानाको समयमा चलचित्र हेर्न मिल्ने व्यवस्था गरेको छ साथै उक्त विमानहरु त्यस समयमा जमिनमा नै हुनेछ ।

एयरलाइन्सले आफ्नो खानाको होम डेलिभरी पनि व्यवस्था गरेको छ जसमा एयरलाइन्सको टेबलवेयर र एमिनिटी किट्स पनि राखिएको छ । यसभन्दा पहिला एयरलाइन्सले ‘फ्लाइट टु नो ह्वेयर’ को योजना बनाएको थियो तर पछि त्यसलाई रद्ध गरेको थियो ।
अन्य एयरलाइन्स, ताइवान्स इभा र अष्ट्रेलियाको क्वानतासले ल्याण्ड भएको ठाउँबाट एयरपोर्टको साइटसिनको व्यवस्था गरेका छन् ।

पछिल्लो महिना एयरलाइनले आफ्नो चार हजार तीन सय कर्मचारी (२० प्रतिशत कर्मचारी) कटौती गर्ने घोषणा गरेको थियो । कतिपय एयरलाइन्सले आन्तरिक डोमेस्टिक फ्लाइटबाट केही आम्दानी गरेका थिए तर सिटि(स्टेट एयरलाइन्सहरुको लागि यो सम्भव थिएन ।

प्रायजसो एयरलाइन्सको विमानहरु अष्ट्रेलियाको एलिस स्प्रिंगको स्टोरमा राखिएका छन् र पुन व्यापार सुचारु हुने प्रतीक्षामा रहेका छन् । द इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसियसन (एलएटिए) ले कोरोना महामारीको कारण लाखौं(हजारौं एभियसन जागिर खतरामा रहेको बताएको थियो ।

उक्त संस्थामा दुई सय ९० एयरलाइन्स आवद्ध छन् , संस्थाको अनुसार, सन् २०१९ को तथ्यांकसँग तुलना गर्दा यस वर्षको ट्राफिकमा ६६ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता