Logo

बहराइनका राजकुमारद्वारा मनास्लु हिमालको सफल आरोहण



काठमाण्डाै – बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । राजकुमारसहितको टोलीले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ ।

८ हजार १५६ मिटरको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।
सेभेटन समिट ट्रेकका अनुसार यो टोलीले आउँदो वसन्तमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता