Logo

जुम्लामा १२० बर्षकी आमा यस्तो अवस्था परिन फेला ८ ओटा सन्तान जन्माए आज एक्लै बस्छु (भिडियो हेर्नुहोस्)



काठमाडौं साउन १० ।  मानिसको जन्म  र  मृत्यु प्रकृतिको नियम हो  । एक दिन निश्चत छ   सबैलाई आफ्नो सन्तान  बुढेश कालको साहारा होस् भनेर आस हुन्छ  कसैका छोरा छोरीले बाबा आमालाई भगवानको दर्जा दिएर राखेका हुन्छन्  कसैले आफ्ना आमा बाबालाई वृद्धा आश्रम् छोडेर आएका हुन्छन् यो त मान्छेमा भर पर्ने कुरा हो  । तर यी १२० बर्षकी आमाको कथा छुटै रहेको छ ।

जुम्ला जिल्लाको गोठी चौर कुम्डी गाउँमा  एउटा वृद्दा आमा यस्तो अवस्थामा  यसरी भेटिएकी छन्  ।  त्यो घरमा एक्लै बस्छिन् वुद्दा आमाको आफ्नो भन्नु कोहि छैन् भगवानको भरमा बसेकी छन् ।    कथा अलि फरक छ ।  धेरै सन्तान भए तर आमाको  काखमा बसेर खेलिदिने आगन भरि नाचिदिने बोल्ने कोही भएनन् वृद्दा आमाका ८ सन्तान  जन्मे तर सबै भगवानका प्यारा भए  गए  आमा संग अहिले कोहि सन्तान पनि छैनन्   आमा चिसो ठाउँमा एक्लै बस्छिन् यी वृद्दा आमाले कान पनि सुन्नु हुन्न आखाँ पनि देख्नु हुन्न एक गास भात र  एक लोटा पानी दिने कोहि छैन्  केहि कुरा भन्दा आमाको कान नजिक गएर कानमा भन्नु पर्छ आफ्नो नाम मन्नुकला हो भनेर भेनिकी छन्  एक्लै बसेको बताइन् ।

आखाँको उपचार गर्ने जान मन थियो कसरी जाने मलाई बाटो थाहा छ आखाँ नदेख्ने भएर गाह्रो भएको बताइन्  मेरो भाग्य भएन् ८ ओटा बच्चा जन्मेर पनि एउटा पनि बाचेनन् जीवन भरि धेरै दुःख पाए राम्रो खान नपाएको बताउनु भयो । आफ्नो भाइले  दिएको को ५०० रुपैया र हरियो पछ्याराको सम्झेर बसेकी छन्    हरियो पछ्याराको कुरा गर्दौ खुसी भएर बसेकी छन् यी  यस्तो अवस्था हुदा पनि कोहि साथमा नभएको गुनासो पोखिन आँखा नदेखेको कारणले धेरै पटक लडेको छु । आफ्नो मान्छे पनि चिन्दिन् मलाई कालले पनि किन लगेन भनेर र गुनासो गरेकी छन् । अहिले सरकारले दिएको वृद्द भत्ता ले यी आमाको एक छाक खान पुगेको बताइन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता