Logo

नेपाली सेनाका हुद्धाको ज्यान सेनाले नै लिए  ? पक्राउ परे ढकाल



काठमाडौं । सेनाकै एक कर्मचारीको ज्यान लिएको अभियोगमा नेपाली सेनाका एक जना ब्यक्ति पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमल डाँडा खेत नहरमा केही समय अघि नेपाली सेनाका हुद्धा भरत गुरुङ मृ त फेला परेका थिए । उनको ज्यान लिएको अभियोगमा नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । नेपाली सेनामा कार्यरत एकजनालाई पक्राउ गरिएको चितवनका एसपी ओम अधिकारीले जानकारी गराएको भएपनि उनलाई भने सार्वजनिक भने गरिएको छैन । त्यसको तयारी भने गरिउको प्रहरीले जनाएको छ ।

चितवनको टाँडीबाट उनलाई पक्राउ गरिएको र ह ति या र पनि बरामद गरेको प्रहरीको भनाई छ । घटनामा प्रयोग गरेको पे स्तो ल प्रहरीले बरामद गरेको हो । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । उनको टाउकोमा गो ली को निसान थियो ।

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्धा हुन् । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता