Logo

मोदी  देउवा फोन वार्ता : ओली सरकारलाई सन् २०२२ सम्म खोप दिन सकिन्न भनेको भारतले देउवालाई तत्काल खोप दिने प्रतिवद्धता जनायो



काठमाडौ । काठमाडौ । सन् २०२२ सम्म कोरोनाको खोप दिन सकिन्न भन्दै जवाफ दिएको भारतले अब छिटै खोप दिने प्रतिवद्धता जनाएको छ । एमाले सरकारले खोपका लागि अग्रिम भुक्तानी दिएर पनि भारतले खोप उपलब्ध गराएको थिएन । १० लाख डोज खोपको लागि नेपालले अग्रिम भुक्तानी दिइसकेको छ । तर प्रधानमन्त्री शेरवहादुर देउवालाई भने भारतले खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमवार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो ।

राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिसकेर पनि भारतले देउवालाई औपचारीक बधाई दिएको थिएन । आइतवार देउवाले संसदवाट विश्वासको मत लिएपछि भारतीय प्रधानमन्त्री मोदीले औपचारीक बधाई दिएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता