Logo

‘केपी ओली गोही हुन्, उनले चुहाएको आँशु अब कसैले पत्याउँदैन ’



‘पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गोही को उपमा दिएका छन् । उनले संसदमा बोल्ने क्रममा भने ९‘भन्ने एउटा, गर्ने अर्को । गोहीको आँसु चुहाएर कसैले पत्याउँछ तपाईंलाईरु’

पार्टीभित्रको विवादका कारण संसदलाई शि का र बनाउन नपाउने उनको भनाइ छ । ‘पहिलो चोटी संसद विघटन गर्दा केपी जीले भनेको कुरा के थियो भने पार्टीभित्र काम गर्न दिएन त्यसैले संसद विघटन गरेँ,’ प्रचण्डले भने, ‘पार्टीभित्रको कुराले संसदलाई ‘भिक्टिम’ गर्न पाइन्छरु यो कुन चाहिँ लोकतन्त्र हो योरु पार्टी भित्रको बहुमतलाई कि च्न खोज्ने कुन चाहिँ लोकतान्त्रिक संस्कार होरु’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने संसद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान प्रधानमन्त्री केपी ओली उपस्थित भएका छन् । प्रचण्डको भाषण ओली समेतले सुनेका थिए । राष्ट्रपति विद्या देवी भण्डारीले सपथ ग्रहण गराउँदा सो समारोहमा भने ओली पुगेका थिएनन् ।

आइतवार देउवाले संसदवाट विश्वासको मत लिँदैछन् । उनले विश्वासको लिने अन्तिम समयमा उनको विपक्षमा रहेको जसपाको महन्त ठाकुर पक्ष पनि विश्वासको मत दिने पक्षमा पुगेका छन् ।

सर्वोच्च अदालतको संसद् विघटन बदरको फैसलापछि बालुवाटारबाट बालकोट फर्केका केपी ओली दोस्रो पटक पुनःस्थापित संसदको पहिलो बैठकमा भने सहभागी थिएनन् । देउवाले विश्वासको मत लिने भएपछि उनी पनि वैठकमा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता