Logo

‘तेरो लागि हामी छौं चिन्ता नमान’ भन्दै किरण केसीले सम्झाउँदा ‘चम्सुरी’ भक्कानिइन्, मलाई पैसा होइन किड्नी चाहियो भन्दै गरिन् अपिल (भिडियो हेर्नुस्)



काठमाडौ । उनी मृगौलामा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी मेरी बास्सै बाट चम्सुरी नामले चिनिएकी डंगोललाई भेट्न धेरै कलाकारहरु अस्पताल पुगेका छन् । उनले आफुलाई पैसा भन्दा पनि किड्नीको आवश्यकता भएको बताएकी छन् ।

तेरो लागि हामी छौं चिन्ता नमान भन्दै सम्झाउन पुगेका हाँस्य कलाकार किरण केसी समक्ष उनले आफ्ना नाममा कसैले पनि पैसा नउठाउन पनि भनेकी छन् । कलाकारहरुले पैसा मागे भन्छन् म सबैलाई स्पष्ट पार्न चाहन्छु मलाई पैसा होइन किड्नी चाहिएको हो । उनले केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी थिइन् ।

उनको अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भएका कारण उनले यस्तो आग्रह गरेकी हुन् । दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएको थाहाँ भएपछि सबै कलकारले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले अरुले जसरी सहयोग भन्दै चन्दा उठाउने अभियान चाल्छन् त्यसरी पैसा नउठाउन भनेकी छन् । उनले आफ्नो श्रीमान विदेशमा भएको र उनी आउन पनि नआउन पनि सक्ने बताएकी छन् ।

उनको बारे म केही भन्न सक्दिन, उनी विदेशमा छन् आउन पनि सक्छन् नआउन पनि सक्छन् । अस्पतालको बेडमा रहेकी चम्सुरीलाई भेट गर्न शनिवार कलाकार दीपाश्री निरौला पुगेकी थिइन् । भेटपछि कलाकार निरौलाले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी छिन् । आइतवार थुप्रै हाँस्य कलाकारहरु उनलाई अस्पतालमा भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता