Logo

माइक समाएर पुजा बोल्नै नसकेर भक्कानिइन्, आकासले पुजालाई हेरीरहे (भिडियो हेर्नुस्)



काठमाडौ । नायीका पुजा शर्मालाई रुवाएका टेलिभिजन पत्रकार प्रकास सुवेदीसंगै देखिएपछि नायक आकास श्रेष्ठसंग नायीका पुजा शर्माको सम्बन्ध चिसिएको अनुमान लगाइयो । उनले पत्रकार ऋषी धमलाको कार्यक्रममा सहभागी भएर पनि त्यस्तै भावना प्रकट गरेकी थिइन् ।निकै मिल्ने साथी यदि मेरो कुभलो चाहने ब्यक्तिले बोलायो भने एक पटक मलाई सोध्छन् होला भन्ने आश त हुन्छ नी रु तर मैले आकास प्रकासको कार्यक्रममा गएको फेसवुकमा फोटो देखेर थाहा पाएँ पुजाले यस्तो भनेकी थिइन् ।

 

तर अहिले परिस्थिती फेरीएको छ । साउन १ गते नयाँ म्युजिक भिडियो सार्वजनिक गर्न उनीहरु एक साथ आए । त्यहाँ उनीहरुको सम्बन्धका बारेमा प्रश्न उठ्नु स्वभाविक थियो । तर पुजाले दिएको जवाफले भने त्यहाँको माहौल निकै भावुक बनायो । उनी आफै पनि भावुक बनिन् ।संगीतकार अर्जुन पोखरेलको नयाँ गित धर्ती आकाशु को भिडियो रिलिज कार्यक्रममा बोल्दै पूजा शर्माले भनिन्, ‘जब सम्म मेरो श्वास रहन्छ आकाश र पूजाको साथ रहन्छ । ‘यो भन्दा अघि पुजाले केही भन्न खोज्दै थिइन् तर उनको आवाज रोकियो । उनले बिचैमा आकासलाई माइक दिइन् र पछाडी फर्किएर आँशु पुछिन् । आकास पनि माइक हातमा लिएर केही बोल्नै सकेनन् ।

 

उनले फेरी पुजालाई नै माइक दिइन् । त्यसपछि पुजाले भनिन् जब सम्म मेरो श्वास रहन्छ आकाश र पूजाको साथ रहन्छ यत्ति हो । यत्ति भन्दै गर्दा आकाश श्रेष्ठ लजाए भने पूजा शर्मा भावुक बनेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता