Logo

ओली सरकारले गरेको यस्तो निर्णय पनि देउवाले उल्ट्याए, यि ९ जनालाई बोलाइयो



काठमाडौ । केपी शर्मा ओलीको सरकारले गरेको निर्णय देउवा सरकारले उल्ट्याउने क्रम सुरु भएको छ । ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई देउवा सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको दोस्रो मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये ९ जनालाई फिर्ता बोलाउने निर्णय गरिएको हो । दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज गरिएको छैन । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त सिफारिस भएका सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पत्राचार गरिसकेको थियो । प्रतिनिधि सभा विघटनको अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो ।

ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौजना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका थिए।

ओली सरकारले नियुक्त गरेका राजदुत फिर्ता बोलाउने निर्णय भएका निम्न छन्, १० अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर २० बहराइनका लागि युवराज कार्की ३० श्रीलंकाका लागि रमेशचन्द्र पौडेल ४० म्यानमारका लागि नारायणप्रसाद संग्रौला ५० ब्राजिलका लागि कुलप्रसाद नेपाल ६० डेनमार्कका लागि सुमीत्रा सुवेदी ७० साउदी अरेबियाका लागि मेराज मुसलमान ८० रसियाका लागि जंगबहादुर चौहान ९० दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता