Logo

काम खोज्दै ट्रकमा लिफ्ट मागेर काठमाडौवाट वुटवल हिँडेकी १९ वर्षकी युवतीलाई ट्रकभित्रै‘?



काठमाडौ । सानै उमेरमा विवाह गरेर २ वर्षको छोराको आमा बनेकी १९ वर्षकी किशोरी काठमाडौवाट वुटवल जान चाहिन्थन् । उनीसंग २ वर्षका छोरा पनि थिए । निषेधाज्ञाका कारण सवारी साधन नचलेका कारण उनी एउटा ट्रकमा लिफ्ट मागेर वुटवल जाँदै गर्दा उनलाई ४ जनाले ट्रकमै कर णी गरेका छन् ।

असार २७ गते रुकुमकी १९ वर्षीया युवतीलाई ४ जनाले कर णी गरेका हुन् । निषेधाज्ञाका कारण उनी काठमाडौमा काम विहिन भएर बुटवल काम खोज्न जान लागेकी थिइन् । पुरानो काम गरेकै ठाउँमा जान लागेकी उनले आफ्नो जिवनमा यस्तो ठूलो घटना होला भन्ने कल्पना गरेकी थिइनन् ।

ना ५ ख २८७० नम्बरको ट्रकका चालक सुनिल महतोले उनलाई लिफ्ट त दिए तर नियत भने राम्रो राखेनन् । नारायणघाटसम्म लगिदिने भनेका सुनिलसंग मुग्लिन नारायणघाट सडकमा पहिरोका कारण उनीहरू जाममा परेपछि दुई दिन वाटोमै बस्नुपरेको थियो । त्यो बेला उनले कर णी गरे ।

जाम खुलेपछि उनले आफ्ना अर्का साथी ना ६ ख ३३६९ नम्बरको ट्रक चालकको जिम्मा लगाए । आफुले उनलाई के गरेरु भन्ने कुरा पनि सुनाइदिए । शिववालकले ती किशोरीलाई बुटवल लैजान्छु भनेर झुक्याएर वीरगञ्जतर्फ लगे। उनले जंगलमा लगेर युवतीलाई कर णी गरे ।

शिववालकसँगै रहेका २७ वर्षीय सहचालक इन्दल चौहानले पनि उनलाई छोडेनन् । ट्रकमा अर्का एक यात्रु पनि थिए । ति ४० वर्षीय भोला भन्ने यात्रुले पनि ड्राइपोर्ट परवानीपुर सडक खण्ड बीच बाटोमा कर णी गरे । वुटवल लैजाने भनेर उनीहरुले बुधबार साँझ ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित ड्राइपोर्टमा ट्रकवाट झारीदिए ।

अलपत्र अवस्थामा प्रहरीले उनलाई उद्दार गरेर एक संस्थाको जिम्मा लगाएको छ । स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । उनका छोरापनि संगै छन् । प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ । ट्रकका सहचालक र अर्का भोला भन्ने यात्रु फेला परेका छैनन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता