फेरि काठमाडौ वासिका लागि आयो दुखद् खवर
काठमाडौ । महामारीको तेस्रो लहर पनि फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ। तेस्रो भेरियन्टका संक्रमित पनि विभिन्न जिल्लामा फेला परेका छन् । स्याङ्जा, गोरखा, चितवन पछि भक्तपुरमा पनि तेस्रो भेरियन्टका संक्रमित फेला परेका छन् ।
निषेधाज्ञाको अवधि बढाउने विषयमा विहिवार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । बैठकले थप १५ दिन निषेधाज्ञा बढाउने सम्भावना भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। बैठक दिउसो ! वजेपछि बस्नेछ ।
बैठकले लामो समय बन्द रहेको लामो दुरीको यातायात ब्यवसाय संचालनका बारेमा पनि निर्णय गर्ने बताइएको छ । ‘जोर विजोर नम्बरमा लामो दुरीका सवारी साधन संचालन अनुमति दिन सकिने उनको भनाई छ । निषेधाज्ञाको मोडालिटि अहिलेकै जस्तो हुने बताइएको छ । तर लामो दूरीका सवारीसाधन खोलिने सम्भावना म कम देख्छु’ उनले भने, ‘यो कुराचाहिँ बैठकमै गएपछि थाहा हुन्छ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको जानकारी दिए।