Logo

माओवादीवाट जनार्दन शर्मा र पम्फा भुषालले आजै मन्त्रीको सपथ लिने, कुन कुन मन्त्रालयको पाए जिम्मेवारी ?



काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएका शेरवहादुर देउवा सपथ लिन राष्ट्रपति निवास पुग्दैगर्दा यता नेकपा माओवादी केन्द्रले पनि सरकारमा पठाउने आफ्ना नेताको नाम छानेको छ । माओवादी केन्द्रले मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

प्रचण्डले आफ्नो तर्फवाट सरकारमा सहभागि हुने दुई नेताको नाम पठाएको बुझिएको छ । स्रोतका अनुसार उनले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्रीका लागि सिफारिस गरेका छन् । ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि माओवादी केन्द्रले पहिलो चरणमा शर्मा र भुसाललाई मन्त्री बनाउन लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । माओवादीबाट सिफारिस भएका मन्त्रीलाई आजै सपथ ग्रहण गराइने भएको छ । शर्मालाई अर्थ र भुसाललाई उर्जा मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता