Logo

सोमवार विहानै माधव नेपालद्धारा वक्तब्य जारी, एमाले सहमतिमा सुर्य थापाले गरेको ब्याख्या प्रति आपत्ति



काठमाडौ । आइतवार राति नेकपा एमालेको विवाद मिलाउन गरिएको १० बुँदे सहमतिका बारेमा वरिष्ठ नेता माधवकुमार नेपालले सोमवार विहानै लामो वक्तब्य मार्फत प्रतिकृया दिएका छन् । उनले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार राति कार्यदलबीच भएको सहमतिको गलत व्याख्या गरेको भन्दै आपत्ति जनाएका छन्।

आइतबार राति एमाले कार्यदलले १० बुँदे सहमति जुटाएपछि हर्षित हुँदै प्रेस सल्लाहकार थापाले अब सर्वोच्च अदाललते प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवलाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका छन्। यससम्बन्धी मु द्दाको फैसला आज असार २८ गते सुनाउने भनेर अदाललते यसअघि भनेको छ।

सोमबार बिहान वक्तव्य जारी गर्दै माधव नेपालले भनेका छन्, ‘हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्मविपरीत छ। यो व्याख्या गलत र अस्वीकार्य छ।

अदालतमा विचाराधीन मु द्दालाई प्रभावित पार्ने वा अदालतको मान हा नी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मु द्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता