यी रहेछन् सवारी दुर्घटनामा मृत्यु हुने नेकपा एमालेका नेता, यसरी भएको रहेछ कार दुर्घटना
काठमाडौं २५ असार । नेकपा एमालेका एक नेताको सवारी दुर्घटनामा मृत्यु भएको छ । नेता आफैंले चलाएको गाडि दुर्घटना हुँदा नेताको मृत्यु भएको हो । झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको हो । दुर्घटनापछि मेची अस्पताल लगिएका प्रसाईको अस्पतालले मृत्यू घोषणा गरेको हो ।
शुक्रबार प्रसाई भद्रपुर –९ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं को कार चलाएर चन्द्रगढी तर्फ जाँदै थिए । सोही क्रममा देवकोटाको शालिकमा ठो क्कि ए र दुर्घटनामा परेका थिए ।
दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष समेत थिए । उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान समेत हुन् ।
उनको बायाँ खु ट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले उपचारको क्रममा मध्यान्ह मृत्यु भएको घोषणा गरेको छ ।