‘दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा’ बाकसको छोराले आमालाई लेखेको मन छुने चिठी
बाहिर हुँदा समय मिलेन । बाकस भित्रबाटै लेखेँ आमा चिठी, समय आउनु अगावै नै भोगेँ आमा मैले बेथिति । परदेश मै बस्यो आत्मा मेरो आमा, हावालाई नै सास सम्झनु सास र सम्पतिको त के कुरा गर्नु आमा, बाकसभित्र लास सडेको मैनौँ भइसक्यो । सपनाको ठूलै पोको फुकाउन परदेश पुगेँ आमा, घर फर्कंदा बाकस भित्रको प्याकिङमा परेँ आमा ।
दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा, शरीर टुक्रिएर सपना पग्लदा भगवान पनि भग्दो रहेछ आमा । चाहना थियो मेरो आमा तिमीलाई हँसाउने, तर त्यो हाँसो बाध्यात्मक आज आँशुमा परिणत भयो आमा । मलाई नसराप्नु है १
ओछ्यानमा पल्टिएर छोराको प्रतिक्षा गरिरहेको त्यो दीर्घ रोगी बालाई पनि भन्दिनु है आमा छोरा आउँदै छरे, तर पिलेनबाट झरेपछि हिँड्न सक्दैन बोक्नु पर्छ अरे । अनि छोराले बा लाई बोलाउने छैन आफैँ सोध्नु पर्छ अरे भनि खबर छोडिदिनु है । परदेशको सहिद छोरा।।