Logo

रुकुम पश्चिममा मध्यराति बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, एक बेपत्ता



रुकुम पश्चिम,साउन १ गते । रुकुम पश्चिममा मध्यराति आएका बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। एक जना बाढीमा बेपत्ता छन्।
गएराति अविरल वर्षापछि आएको बाढीले साढे ११ बजे राति घर बगाउँदा सुतिरहेका तीनजना बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका- १२ का ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका नगर प्रमुख रवि केसीले जानकारी दिए।
सोही वडामा पर्ने तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले घर भत्काउदा उनीहरुको मृत्यु भएको हो। बाढीले बगाउँदा सात जना घाइते भएका नगर प्रमुख केसीले बताए।

घाइते हुनेमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको छन्। उनका अनुसार घाइतेहरुको उपचार भइरहेको छ भने मृतकहरुको शव निकाल्ने प्रयास जारी छ। गए राति साढे ११ बजेको समयमा उक्त घटना घटेको नगरप्रमुख केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता