Logo

‘कलेजी कटाउन्या माया’ नयाँ भर्सनमा सार्वजनिक (भिडियो सहित)



काठ्माण्डौं,असार २४ । ‘कलेजी कटाउन्या माया’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । उक्त गीत करिब दस वर्षअघि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएका थिए । खासगरी, सुदूरपश्चिम र कर्णालीमा निकै चर्चामा आएको गीत नयाँ स्वरूपमा बजारमा ल्याइएको हो ।

नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक नयाँ गीतमा भने गायकद्वय महेशकुमार औजी र बादल थापाले स्वर दिएका छन् । महेश स्वयंको शब्द र संगीत रहेको गीत कमल सौरागको एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा चक्र बम, जोन बम र कविता न्यौपानेले अभिनय गरेका छन् । ढोरपाटनमा खिचिएको भिडियोमा उनीहरूको प्रेम–बिछोडको कथा देखाइएको छ । शान थापाको निर्देशनमा तयार भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता