Logo

गायक प्रकाश सपूतले अब चलचित्र निर्माण गर्ने



काठमाण्डौं,बैशाख २३ । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको चलचित्र बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश आफै रहने छन् भने उनको अपोजिटमा स्वस्तिमा खड्का हुने बताइएको छ । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रको निर्देशन पनि प्रकाश सपुत आफैँले गर्दै छन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ ।

चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् । सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता