Logo

राष्ट्रिय महिला मादल वादन प्रतियोगीता बैशाख २७ गते हुने



काठमाण्डौं,बैशाख २२ । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ इतिहासमै पहिलो पटक “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न हुने भएको छ । यसका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ ।

“नारीको कला, नारीको सान” भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं नेपालको आयोजनामा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा “राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” हुने भएको हो । प्रतियोगीतामा भाग लिनका लागि महिला मादल वादकहरुलाई आव्हान गरिएसँगै टिम दर्ता गर्ने क्रम पनि चलिरहेको छ ।

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” मा भाग लिनका लागि यही बैशाख २५ गते सम्म फर्म भर्न आयोजक पक्षले अनुरोध गरेको छ । प्रतियोगीतामा प्रथम पुरस्कार ५५ हजार रुपैया, द्धितिय पुरस्कार ३५ हजार रुपैया, तृतिय पुरस्कार २५ हजार रुपैया र सान्त्वना पुरस्कार १५ हजार रुपैया पुरस्कार राशी रहेको छ । “राष्ट्रिय महिला मादल वादन प्रतियोगीता – २०८१” का सन्दर्भमा बैशाख २२ गतेका दिन काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता