Logo

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा



काठमाण्डौं,बैशाख २२ । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाण्डौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।

संघका महासचिव अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन वैशाख २८ गते काठमाडौँको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिव खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ वैशाखमा काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए ।

मुलुकका सात प्रदेश र काठमाडौँ उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यवाहक अध्यक्ष कटवालले जानकारी गराए ।

संघका मतदान अधिकार भएका करिब १३ सयजना आजीवन सदस्य रहेका छन् भने ७५ वटै जिल्लाका करिब साँढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा भाग लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता