श्री मदन बाबा भक्ति केन्द्रको पाँचौ बार्षिक साधारणसभा सम्पन्न
परम्-उद्धारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूको परम्-सानिध्यतामा श्री मदन बाबा भक्ति केन्द्रको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएकोछ ।
धनगढी उपमहानगरपालिका राजपुरमा आयोजना भएको पाँच दिने १२औ शिवसाधनाको अन्तिम दिन भक्ति केन्द्रका सदस्य ज्यूहरुको सहभागितामा उक्त साधारण सभाले श्री शारदा तिवारीको नेतृत्वमा उपाध्यक्ष श्री अगानी चौधरी दाङ्ग, महासचिव श्री निशा राना कञ्चनपुर, कोषाध्यक्ष श्री शारदा बास्तोला सल्यान, सचिव श्री ललिता कोईराला काठमाडौँ, बरिष्ठ सदस्य श्री लोकेन्द्र कुवँर कैलाली, सदस्य श्री भरतमणी चौधरी दाङ्ग, सदस्य श्री चन्द्र बहादुर सुनार बर्दिया, सदस्य माननिय श्री सकुन्तला श्रेष्ठ भक्तपुर, सदस्य श्री कौशल कुमार मिश्र बाँके, सदस्य श्री कल्याणी श्रेष्ठ दोलखा, गरि अध्यक्ष लगायत ११ जना सर्व सहमतिले चयन भएकोछ ।
१५ सदस्यीय समितिमा आवश्यकता अनुसार श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूले २ र श्री मदन बाबा भक्ति केन्द्रका केन्द्रीय अध्यक्ष ज्यूले २ गरि बाँकी ४ सदस्य मनोनित गरिनेछ । नयाँ नेतृत्वमा आउनुभएका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुलाई सद्गुरुदेव श्री मदन बाबा ज्यूले आशिर्वाद दिदै सफल कार्यकालको शुभकामना बधाई सहित कृपा वर्षा गर्नुभएको छ ।
उक्त कार्यक्रममा पुर्व माननिय मन्त्री तथा भक्ति केन्द्रका बरिष्ठ सल्लाहकार श्री शेर बहादुर कुवँर ज्यू, साँफेबगर नगरपालिकाका निवर्तमान मेयर तथा भक्ति केन्द्रका केन्द्रीय सल्लाहकार कूल बहादुर कुवँर ज्यूले सारगर्भित मन्तव्य व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो भने संस्थापक उपाध्यक्ष तथा मौजुदा कार्यसमिति बरिष्ठ सदस्य श्री लोकेन्द्र कुवँरले कार्यक्रम संचालन गर्नुभएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष श्री शारदा तिवारीले कार्यक्रम प्रतिवेदन र महासचिव श्री निशा रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
१२औं शिव साधनाको दोश्रो दिन श्री मदन बाबा भक्ति केन्द्रले पहिलो पटक प्रकाशन गरेको “बाबा पुकार” नामक अर्धवार्षिक मुखपत्रको अनन्त परम्-उद्धारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूले विमोचन गर्नुभएकोथियो ।