Logo

मटिहानी आगलागी पीडितलाई काठमाण्डौं महानगरको १० लाख सहयोग



काठमाण्डौं,बैशाख १७ । काठमाण्डौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपद्‍मा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

निर्णय बमोजिम सोमबार रकम नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरले जनाएको छ ।

जरलहवा टोलमा १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो ।
आगलागीमा परेर ९१ कच्ची र ९ अर्धपक्की गरी एक सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता