Logo

वीरगन्जमा “ब्युटिफुल स्माइल डेन्टल क्लिनिक” संचालनमा



वीरगन्ज,बैशाख १६ । वीरगन्जमा “ब्युटिफुल स्माइल डेन्टल क्लिनिक” संचालनमा आएको छ । वीरगन्ज मै पहिलो चोटि नयाँ प्रविधि बाट यस “ब्युटिफुल स्माइल डेन्टल क्लिनिक” ले दाँतसम्बन्धी सबै प्रकारका रोग र समस्याको निदानका लागि आधुनिक प्रविधिको प्रयोग गरि सुपथ मुल्यमा गरिरहेको जनाएको छ । विषेशज्ञको सेवा सहित दाँतको उपचारका लागि अब अन्यत्र धाउनुपर्ने बाध्यता हटेको यस क्लिनिकका संचालक डा.भाष्कर कुशवाहाले बताएका छन्। डा. भाष्कर कुशवाहा विशेषज्ञ दन्त चिकित्सक कन्सलटेन्ट प्रोस्थोडोन्टिस हुन ।

उनले समाजमा अझै पनि दाँत सम्बन्धि समस्यालाई सामान्य रुपमा लिने गरिएको बताए । तर दाँत सम्बन्धि समस्याले सुन्दरता देखि ठुलो स्वास्थ्य समस्या निम्तियाइ रहेको हुन्छ । समय मै यसको उपचार गर्न जरुरी रहेको हुन्छ । यसका लागि क्लिनिकले समुदायमा जनचेतना कार्यक्रमहरु पनि आयोजना गर्दै आएको बताए ।

त्यस्तै यस डेन्टल क्लिनिकमा विभिन्न कारणले बिग्रिएको आँखा, कान, नाक कृतिम बनाउने गरिएको डा. कुशवाहा ले बताएका छन । वीरगन्ज लगायत मधेस प्रदेशमै यो सुविधा नभएर कृतिम मिलाउने शल्यक्रिया गराउन थुप्रै ब्यक्तिहरु काठमाडौ जाने गरेका थिए । क्लिनिक मै अब यो सुविधा उपलब्ध भएपछि बिग्रेको अनुहारको कृतिम अंग बनाउनका लागि अब काठमाडौ जानु पर्ने अवस्था हटेको डा. कुशवाहाले बताए ।

अहिले क्लिनिकल ५० लाखको लगानीमा संचालनमा रहेको छ भने यस क्लिनिकमा निम्नलिखित सुबिधा उपलब्ध रहेको छ :
*दाँत, मुख तथा गिजा सम्बन्धी गुणस्तरीय उपचार *डिजिटल एक्सरे
*दाँत सफा गर्ने तथा टलकाउने दाँत भर्ने ,दाँत उखेल्ने दाँत को जरै देखि उपचार गर्ने
* बुद्धि बंगारा निकाल्ने ,बाङ्गो टीङगो दाँत मिलाउने, कृतिम दाँत लगाउने,
*डेन्टल इम्प्लान्ट गर्ने ( दन्त प्रत्यारोपण) ,
*कृतिम आँखा, कान, नाक लगाउने ,
*बच्चा हरु को दन्त उपचार , गिजा को उपचार, कस्मेटिक डेन्टिस्ट्री,
*दाँत तथा अनुहार को चोटपटक को उपचार ,
*अनुहार मा भएको दाग, धब्बा, मसा हरु निकाल्ने, तालु चिरिएको बिरामी लाई खान मदत पुर्याउने प्लेट लगाउने
*अन्य विभिन्न उपचार हरु पनि उपलब्ध रहेको जनाएको छ
* पार्किङको ब्यवस्था
*यसका साथै क्लिनिकमा सही परामर्स, गुणस्तरीय उपचार ,शानदार वेटिङ एरिया, सफा र स्वच्छ उपचार कक्ष, एयर कण्डिसन् भएको क्लिनिकल रूम लगायत विभिन्न सुबिधाहरु पनि उपलब्ध रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता