Logo

शाहरूख खानको फिल्म ‘जवान’ को टिजर सार्वजनिक



काठ्माण्डौ,असार २५ । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को टिजर सार्वजनिक भएको छ।

सोमबार रेड चिलीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्मको प्रिभ्यु सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा शाहरूख खानको एक्सन दृश्य समावेश गरिएको छ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्।

जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता