Logo

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो ।उनको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उनले राखेकाले उनको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उनका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उनले ट्वीटरमा राखेपछि उनको सर्वत्र आलोचना भएको थियो । उनले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उनीविरुद्धको आक्रोस थप बढेको थियो ।

ट्वीटरमा उनले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उनले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उनको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो ।

राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता